खेल


लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

नेपालखबर
भदौ १३, २०७७ शनिबार १८:४६,

पेरि एम्रिक आबुमियाङले निर्धारित समयमा र पेनाल्टीमा निर्णायक गोल गरेपछि लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि उचालेको छ।

वेम्बली स्टेडियममा शनिबार राति भएको खेल निर्धारित समयमा १-१ को बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा भने प्रिमियर लिग च्याम्पियन लिभरपुललाई आर्सनलले ५-४ गोल अन्तरले पराजित गर्यो।

पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरे।

लिभरपुलका रिहन ब्रेउस्टरको प्रहार बारमा लाग्दै फर्कियो। उसका मोहम्मद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरेका थिए।

आर्सनलले १६ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ भने लिभरपुलले १५ चोटी जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad