ad ad

खेल


बार्साका नयाँ प्रशिक्षक मेस्सी फकाउँदै, भन्छन्ः मेस्सीले क्लब छाड्दैनन् भन्ने विश्वास छ

बार्साका नयाँ प्रशिक्षक मेस्सी फकाउँदै, भन्छन्ः मेस्सीले क्लब छाड्दैनन् भन्ने विश्वास छ

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ९:३४,

बार्साले यस सिजन कुनै उपाधि हात पार्न सकेन। कुनैपनि उपाधि जिताउन नसकेको भन्दै क्लबले हालै किके सेतिनलाई प्रशिक्षकबाट हटाएर कोम्यानलाई ल्याएको छ।

सन् २००७–२००८ को सिजनयता लगातार बार्साले कुनै न कुनै उपाधि जित्दै आएको थियो। तर यसपटक उपाधि ल्याउन असफल भएपछि कप्तान मेस्सी निराश भएको बताइएको छ।

मेस्सीले हालको सिजन अगाडि नै क्लबलाई नेमार जुनियर अनुबन्ध गर्न दबाब दिएका थिए। तर क्लबले नेमारको स्थानमा एन्टोनी ग्रिजम्यान अनुबन्ध गरेको थियो।

हाल मेस्सी म्यानचेस्टर सिटी लगायतका क्लबसँग जोडिएका छन्। मेस्सीले क्लब छाड्ने चर्चा चलिरहँदा कोम्यानले मेस्सीलाई बार्सामै बस्न आग्रह गर्ने जनाएका छन्।

कोम्यान भन्छन्,‘मेस्सी र क्लबको कन्ट्र्याक्ट अझै बाँकी छ। म मेस्सीसँग कुरा गर्नेछु। हामीले केही निर्णयहरु जरुरी छ। मलाई विश्वास छ मेस्सी बार्सामै रहनेछन्।’

उनी भन्छन्,‘मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् त्यसकारण आफ्नो टोलीविरुद्ध मेस्सीजस्ता खेलाडीले खेलुन् भन्ने कसैले चाहँदैन। म मेस्सीसँग काम गर्न आतुर छु। मेस्सी क्लबमै बसे म निकै खुशी हुनेछु।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .