क्वार्टरफाइनलमा बलियो टोली बार्सिलोनालाई ८–२ को फराकिलो हार चखाएको बार्यन आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने छ।
लियोनले पनि क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीजस्तो बलियो टोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
त्यसकारण दुवै टोलीबीच हुने यस अन्तिम फाइनल प्रवेशको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
आजको खेलको विजेताले उपाधिका लागि पेरिस सेन्ट जर्मेन ‘पीएसजी’सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
पहिलो सेमिफाइनलमा पीएसजीले आरबी लाइजिग ३–० ले पराजित गरेको थियो। फाइनल खेल अगष्ट २४ मा हुने तय भएको छ।
प्रतिक्रिया