ad ad

कारोबार


नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबेर्लीबीच रेमिट्यान्स सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबेर्लीबीच रेमिट्यान्स सम्झौता

नेपालखबर
भदौ ३, २०७७ बुधबार ११:१२,

विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र वायरबेर्लीबीच विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ।

यस सम्झौता पछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायरबेर्लीको मोबाइल एप अथमा अनलाइन पोर्टल प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन्। वायरबेर्लीको मोबाइल एप गुगल प्लेस्टोर र एपस्टोरबाट डाउनलोड गरि आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ।

वायरबेर्लीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै जम्मा हुनेछ। वायरबेर्ली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ।

कोभिड–१९ को संक्रमणको जोखिमबाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायरबेर्लीको मोबाइल एप तथा अनलाइन पोर्टल प्रयोग गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ। तथा यस माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको जानकारी गराउन गराइएको छ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटीएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायरबेर्लीबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरु सँग सम्झौता गरि कारोबार गर्दै आएको छ।

नेपाल इन्भेष्मेण्ट बैंक लि.ले भारतमा एक्सिस बैंक, अमेरिकामा प्यापल(एक्सओओएम), साउदी अरेबियामा बैंक अल्बिलाद (इन्ज्याज), अल्राजी बैंक, साम्बा ग्रुप, यूएईमा वालस्ट्रिट एक्सचेन्ज, कतारमा सिटि एक्सचेन्ज गल्फ एक्सचेनज, दक्षिण कोरियामा ई९पे रेमिटेन्स र यूरोप तथा अन्य मुलुकवाट सेवा दिन ट्रान्सफास्ट रेमिटेन्ससँग सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .