खेल


च्याम्पियन्स लिग क्वार्टरफाइनलमा आज एथ्लेटिको मड्रिड र आरबी लिपजिग भिड्दै

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा आज एथ्लेटिको मड्रिड र आरबी लिपजिग भिड्दै

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:१२,

खेल पोर्चुगलको लिस्बोनस्थित जोसे अल्भालेड रंगशालामा राति पौने १ बजे सुरु हुनेछ।

जर्मन टोली लिपजिगले पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा यात्रा तय गरेको हो।

स्पेनको बलियो टोली एथ्लेटिको मड्रिडले भने यसअघि फाइनलको अनुभव बटुलिसकेको छ। तर प्रतियोगिता भने जित्न सकेको छैन।

लिपजिगले अन्तिम १६ को पहिलो लेगमा इंग्लीस टोली टोटनह्यामलाई १–० र दोस्रो लेगमा ३–० ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो।

टोटनह्याजस्तो बलियो टोलीलाई हराएर क्वार्टरफाइनलमा पुगेको लिपजिगले बिहीबारको खेलमा एथ्लेटिकोविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

तर एथ्लेटिकोलाई हराउन लिपजिगलाई मुश्किल भने अवश्य पर्नेछ किनभने एथ्लेटिकोले यस सिजनको इंग्लिस प्रिमियर लिग विजेता ताथ साविक च्याम्पियन्स लिग विजेता लिभरपुललाई समग्रमा ४–२ ले पाखा लगाउँदै यो अवस्थासम्म आइपुगेको छ।

पछिल्ला ७ सिजनमा एथ्लेटिकोले यस प्रतियोगितामा ५ पटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। एथ्लेटिको यसकारण उच्च मनोबलमा छ।

एथ्लेटिकोका फरवर्ड एन्जल कोरिया र डिफेन्डर सिमे भर्साजकोलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरु यो खेलमा उपलब्ध हुने छैनन्।

आजको खेलको विजेताले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को सामना गर्नेछ। पीएसजीले बुधबार रातिको खेलमा एटलान्टालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ४ को यात्रा तय गरिसकेको छ।

तेस्रो क्वार्टरफाइनलमा शुक्रबार राति बार्सिलोना र बार्यन म्युनिख तथा अन्तिम क्वार्टरफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लियोनबीच प्रतिस्पर्धा हुनेछ।

आगामी साताको मंगलबार र बुधबार सेमिफाइनल तथा २३ अगष्टमा फाइनल खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .