ad ad

खेल


च्याम्पियन्स लिग: रियल मड्रिडलाई हराउँदै सिटी क्वार्टरफाइनलमा

च्याम्पियन्स लिग: रियल मड्रिडलाई हराउँदै सिटी क्वार्टरफाइनलमा

नेपालखबर
साउन २४, २०७७ शनिबार १:५४,

अन्तिम १६ को दोस्रो लेगमा शुक्रबार राति स्पेनिस क्लब रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

पहिलो लेगमा २–१ को अग्रता हासिल गरेको सिटीले समग्रमा ४–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो।

खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा करिम बेन्जिमाले हेडर गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। 

दोस्रो हाफमा राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए।

अब सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसँग अगष्ट १५ मा खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .