ad ad

समाज


वरिष्ठ लोक गायक प्रेमराजा महतका पतिपत्नीलाई नै कोरोना

वरिष्ठ लोक गायक प्रेमराजा महतका पतिपत्नीलाई नै कोरोना

नेपालखबर
साउन २४, २०७७ शनिबार १:३१,

अमेरिकामा बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण देखिएको छ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराएका हुन्।

समुदायका सम्पूर्ण दिदीबैनी दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक अपिलसहित उनले लेखेका छन्, ‘यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने वाला छैन। ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान\श्रीमति पनि यसबाट बच्न सकेनौँ।’

संक्रमण पुष्टि भएपछि अहिले आफूहरु आफ्नै घरको एक\एक कोठामा आइसोलेसनमा बसेको र छोरा डा.सरगम महतको निरीक्षण र निगरानीमा रहेको जानकारी गायक गराएका छन्।

उनले अगाडि लेखेका छन्, ‘यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने क्रिपया कतिपनि शर्म नमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु। इमान्दारिता ले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्नजानेछ। जय पशुपतिनाथ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .