खेल


लकडाउन अन्त्यसँगै ब्याडमिन्टन टोली अभ्यासमा फर्कियो

लकडाउन अन्त्यसँगै ब्याडमिन्टन टोली अभ्यासमा फर्कियो

नेपालखबर
साउन ११, २०७७ आइतबार ५:५८,

कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले लगाएको लकडाउन साउनको पहिलो सातापछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै फर्किन थालेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिरहेको छ भने अन्य खेल पनि फर्किने तयारी गरिरहेका छन्।

बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा उपस्थित भएका थिए। प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए।

कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो। कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए। खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पूरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए।

कोरियन प्रशिक्षकले कोर्टमा खेलाडीलाई विभिन्न टेक्निकहरु सिकाइरहेका थिए। तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिएको बताए।

निश्चित खाका बनाएर खेलाडीलाई अभ्यासमा फर्किन अनौपचारिक निर्देशन गरेपछि ब्याडमिन्टन संघले विदेशी प्रशिक्षकको प्रशिक्षणमा नियमित अभ्यास गरिरहेको छ। लकडाउनको पहिलो तीन महिना र लकडाउनपछिको तीन महिनाको घर बसाईले व्याडिमिन्ड खेलाडीलाई चिन्ता थियो र फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

सिनियर र जुनियर गरि अभ्यास गरिरहेका ब्याडमिन्टन खेलाडी अहिले फिटनेसमा केन्द्रित छन्। कोर्टमा प्रवेश गराउनुअघि प्रशिक्षकले फिटनेसमा जोडि दिइरहेको युवा खेलाडी प्रिन्स दाहालले बताए।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन्। चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छन्।

भौतिक पूर्वाधर र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उतार्न खेलकुद गतिविधि फर्काउन चुनौती छ। राष्ट्रका लागि खेल्ने खेलाडीलाई भयरहित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad