हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी विभिन्न ११ कर्जामा विशेष योजना ल्याएको छ।
कम्पनीले ६ प्रकारका कर्जामा ८.४९ प्रतिशत ब्याजदरमा र ९.८९ प्रतिशत ब्याजदरमा पाँच प्रकारका सहज–सरल कर्जा दिने गरी विशेष योजना ल्याएको हो।
बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत ब्याजदरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारीसाधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन्।
त्यसैगरी, ९.८९ प्रतिशत ब्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यावसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन्।
त्यस्तै बंैकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा पनि ल्याएको छ। दश वर्षको अवधिसम्म पाइने एसएमई कर्जा ग्राहकहरुले न्यूनतम पाँच लाखदेखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्छन्।
बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ। ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन्। शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ।
विशेष आकर्षणको रुपमा उपर्युक्त विशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्यून रहनेछ र यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुविधा पनि एक वर्ष निःशुल्क पाइनेछ।
ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरुमार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन्। हिमालयन बैंकले देशभरिका ६८ शाखा कार्यालयहरुबाट बंैकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया