ad ad

खेल


अन्तर्राष्ट्रिय अनलाइन भिडियो पुम्से च्याम्पियनसिपमा नेपाललाई २१ पदक

अन्तर्राष्ट्रिय अनलाइन भिडियो पुम्से च्याम्पियनसिपमा नेपाललाई २१ पदक

नेपालखबर
साउन ८, २०७७ बिहिबार १०:३१,

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।

नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जिते। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। ३० वर्षको विधामा कमलले स्वर्ण, हस्तबहादुर तामाङले रजत र जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले काश्य पदक हात पारे।

महिला ३० वर्षको इभेन्टमा पार्वतीले स्वर्ण पदक जितिन्। सोही इभेन्टमा नेपालकी सन्जिला तिमल्सिनाले काश्य पदक प्राप्त गरिन्। ७ वर्षमुनिको स्पर्धामा नेपालका निकुन गुरुङले स्वर्ण जिते।

सो विधामा निकुन प्रतिद्वन्द्वीविहीन थिए। एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर गरे। महिला ९ वर्षमुनि विधामा सरगम थापाले स्वर्ण जित्दा पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँड तथा आर्यनजङ राणाले कांस्य पदक जिते।

११ वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले काश्य पदक प्राप्त गरे। महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई तेस्रो स्थान प्राप्त भयो।

१७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले काशय पदक पाए। ४० वर्षको उमेरसमूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले काश्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बाहेरा कांस्यमा सीमित भए । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ)को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रव्यदृश्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यताप्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो। नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .