विश्वका उत्कृष्ट फुटबल खेलाडीलाई बार्षिक रुपमा प्रदान गरिने यस अवार्ड कार्यक्रम सन् १९५६ यता पहिलोपटक स्थगित हुन लागेको हो।
कोरोना भाइरसका कारण फुटबल जगत प्रभावित भएपछि बालुन डि’ओर कार्यक्रम स्थगित गर्नुपरेको फ्रान्स फुटबलले जनाएको छ।
गत सिजन लियोनल मेस्सीले किर्तिमानी छैठौं बालुन डि’ओर अवार्ड प्राप्त गरेका थिए। मेस्सीपछि क्रिस्टियानो रोनाल्डोले पाँचपटक यस अवार्ड हात पारेका छन्।
फ्रान्स फुटबलले कोरोनाका कारण विश्वभरका फुटबल लिग प्रभावित भएको समयमा यस अवार्ड प्रदान गरिनु भेदभावपूर्ण हुने बताएको छ।
कसैलाई अवार्ड नदिनु नै निष्पक्ष निर्णय हुने फ्रान्स फुटबलको भनाइ छ। एजेन्सी
The Ballon d’Or will not be awarded in 2020.
Our official statement > https://t.co/4HjwEZ81uq #ballondor pic.twitter.com/MFRem2SEoQ
Shares

प्रतिक्रिया