रियल मड्रिडले उपाधि उचालेकै दिन अर्को दाबेदार क्लब बार्सिलोनाले हार ब्यहोरेको छ।
रियलले भिल्लारियललाई २-१ ले पराजित गरेर उपाधि उचालेको दिन बार्सिलोनाले ओसासुनासँग सोही अन्तरमा हार ब्यहोरेको हो।
जोसे अर्नाजले ओसासुनालाई अग्रता दिलाएका थिए तर मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
७७औं मिनेटमा ओसासुनाका इनरिक गालियोले रातो कार्ड पाउँदै मैदान छाडे। १० खेलाडीमा सीमीत भएपनि इन्जुरी समयमा ओसासुनाका रोबर्ट टोरिसले निर्णायक गोल गरे।
यो हारसँगै बार्सिलोना मड्रिड भन्दा ७ अंकले पछि परेपछि रियलले उपाधि उचालेको थियो।
एक खेल बाँकी रहँदा बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ। रियलको ८६ अंक रहेको छ। ५१ अंक जोडेको ओसासुना ११ औं स्थानमा रहेको छ।

प्रतिक्रिया