खेल


आर्सनलले तुहाइदियो लिभरपुलको कीर्तिमान राख्ने सपना

आर्सनलले तुहाइदियो लिभरपुलको कीर्तिमान राख्ने सपना

नेपालखबर
साउन १, २०७७ बिहिबार १:३०,

आर्सनलसँग पराजित भएसँगै यस सिजनको इङ्लिस प्रिमियर लिगमा १०० अंकको कीर्तिमान भंग गर्ने लिभरपुलको सपना तुहिएको छ।

घरेलु मैदानमा आर्सनलले बुधबार राति लिभरपुललाई २–१ ले हराएको हो। यो हारसँग दुई वर्षअघि म्यानचेस्टर सिटीले राखेको १०० अंकको कीर्तिमान लिभरपुलले अब भंग गर्न नसक्ने भएको हो। 

लिगमा दुई खेल बाँकी रहँदा लिभरपुलको ९३ अंक छ। दुबै खेल जितेमा पनि उसको ९९ अंकमात्रै हुनेछ।

साडियो मानेले २० औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए। लिभरपुलका भर्जिल भान डाइकको ब्याक पासमा एलेक्जेन्डर लाकाजेटले ३२ औं मिनेटमा बराबरी गोल फर्काए। निल्सनले ४४ औं मिनेटमा आर्सनललाई २–१ ले अघि बढाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad