खेल


बोर्नमाउथसँग लेस्टरको लज्जास्पद हार

बोर्नमाउथसँग लेस्टरको लज्जास्पद हार

नेपालखबर
असार २९, २०७७ सोमबार ०:४२,

लिगको चौथो स्थानमा रहेको लेस्टर सिटीले रेलिगेसन जोनमा रहेको बोर्नेमाउथसँग ४–१ को लज्जास्पद हार ब्यहारेको छ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा दश खेलाडीमा सीमित लेस्टरमाथि बोर्नेमाउथ हावी भएको हो ।

जिम्मी भर्डीले खेलको २३औं मिनेटमा लेस्टरका लागि सुरुवाती अग्रता दिलाएपनि लेस्टरले अग्रता कायम राख्न सकेन।

६४औं मिनेटमा बोर्नमाउथका जुनियर स्टानिसल्सले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। लेस्टरका कलउम विल्सनले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि बेर्नामाउथले पेनाल्टी पाएको थियो।

डोमिनिक सोलेन्केले गोल गर्दै बोर्नेमाउथलाई २–१ को अग्रता दिलाए। ६७औं मिनेटमा नै लेस्टरका सिगर सोयुनिकुले दुव्र्यवहारका कारण राता कार्ड पाउँदै मैदान छाड्नुपर्यो।

८३ औं मिनेटमा जोन्नी इभान्सको आत्मघाती गोल मद्दतमा बोर्नमाउथले अग्रता ३–१ को बनायो। त्यसको पाँच मिनेट नबित्दै डोमिनिक सोलान्केले गोल गर्दै बोर्नमाउथलाई ४–१ को जित दिलाए।

जितपछि नि अझै रेलिगेसन जोनमै रहेको बोर्नमाउथले ३५ खेलबाट ३१ अंक जोडेको छ। यता चौथो स्थानमा यथावत लेस्टरको ५८ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad