खेल


राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान

राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान

नेपालखबर
असार २६, २०७७ शुक्रबार ११:१७,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ।

युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले विज्ञहरुको सल्लाहमा शुक्रबार मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा परिषद्का रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए।

समितिको आजै बसेको बैठकले कार्यविधि बनाएर सदस्यसचिवका प्रस्ताव आह्वान गरेको हो।

योग्यता पुगेका व्यक्तिले सात दिनभित्र आशयपत्र पेश गर्न सक्नेछन्। प्राप्त भएका कार्ययोजनाहरुको अध्ययन गर्दा समितिले संघीय संरचनाअनुसार खेलकुदको विकास, विस्तार र प्रवर्द्धन गरी खेलकुद सञ्चालन तथा बोर्ड व्यवस्थापनमा नेतृत्व लिनसक्ने व्यक्तिले कार्ययोजनासहित आशयपत्र पेश गर्नसक्ने समितिका सदस्य रिम रानाभाटले जानकारी दिए।

नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ। जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभनेको हुनुपर्ने उल्लेख छ।

सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते खेलकुद ऐन २०७७ प्रमाणीकरण गरेकी थिइन्। त्यसको १ हप्तापछि असार १८ गते निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित परिषदका उपाध्यक्ष र अन्य सदस्यहरु पदमुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad