एशिया कप टि-२० क्रिकेट प्रतियोगिता २०२० स्थगित भएको छ। एशियन क्रिकेट काउन्सिलको बिहीबार बसेको बैठकले कोरोना भाइरसको महामारीको कारण एशिया कप २०२१ को लागि सारिएको जानकारी दिएको हो।
कोरोना भाइरसको संक्रमणका कारण देश अनुसारको क्वारेन्टिनको व्यवस्था, यातायातको नियम, सामाजिक दूरी, खेलाडी र अफिसीयलहरुको स्वास्थ्यको कारण प्रतियोगिता सारेको एसीसीले जनाएको छ।
एशिया कप २०२० आगामी सेप्टेम्बरमा पाकिस्तानमा खेल्ने कार्यतालिका थियो। तर पाकिस्तान क्रिकेट बोर्डले सो संस्करण अर्को देशलाई आयोजना गर्न सहमति दिएको थियो। पाकिस्तानले भने २०२२ मा प्रतियोगिता आयोजना गर्नेछ। २०२१ को क्रिकेट प्रतियोगिता श्रीलकांमा हुनेछ।
नेपाल भने एशिया कप यात्राको पहिलो चरणबाटै बाहिरिसकेको छ। गत फागुनमा थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा चौथो स्थानमा रहेर नेपाल बाहिरिसकेको छ।
प्रतिक्रिया