समाज


नक्कली सर्टिफिकेट पेश गरेर जागिर खाने प्रहरीविरुद्ध मुद्दा दर्ता

नक्कली सर्टिफिकेट पेश गरेर जागिर खाने प्रहरीविरुद्ध मुद्दा दर्ता

नेपालखबर
असार २५, २०७७ बिहिबार १४:४,

प्रहरी जवान प्रेम बहादुर रैकालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

कन्चनपुरको भीमदत्त नगरपालिका–५ का रैकालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति भई कार्यरत रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अनुसन्धानका क्रममा उनले श्री गणेश माध्यमिक विद्यालय, भुर्सा, कञ्चनपुरबाट कक्षा ८ पास गरेको नक्कली एवं झुठ्ठा प्रमाणपत्र पेश गरी मिति २०७०।०६।१५ मा नेपाल प्रहरीको प्रहरी जवान पदमा स्थायी नियुक्ति भई लाभसमेत लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .