ad ad

खेल


राखेपको कार्यवाहक सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त

राखेपको कार्यवाहक सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त

नेपालखबर
असार २२, २०७७ सोमबार ११:१७,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले सोमबार खेलकुद महाशाखा प्रमुख ढकाललाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिएको हो।

ढकाललाई ऐनको दफा १७ को उपदफा १२ बमोजिम नयाँ सदस्यसचिव नियुक्त नहुने बेलासम्मका लागि नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता मान बहादुर बिकेले जानकारी दिए।

खेलकुद ऐन लागू भएपछि तत्कालीन सदस्यसचिव रमेश कुमार सिलवाल पदमुक्त भएका थिए।

ऐनको दफा १७ को उपदफा १२ मा कुनै कारणले सदस्यसचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाई सदस्यसचिवको रुपमा कामकाज गर्ने गरी तोक्ने व्यवस्था गरिएको छ।

नियुक्ति पाएपछि ढकालले भने, ‘सदस्यसचिव नियुक्ति नै होइन, मन्त्रालयको सम्बन्धित महाशाखाको हिसाबले हेर्ने हो। सदस्यसचिव नियुक्त नहुँदासम्म छोटो समयको लागि मात्रै हो।’

विभागीय प्रमुखहरुसँग बसेर छलफल गरेर अगाडि बढ्ने उनले बताए।

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .