ad ad

समाज


दलाई लामाः एक ८५ वर्षका वृद्धसँग किन भड्किएको छ चीन?

दलाई लामाः एक ८५ वर्षका वृद्धसँग किन भड्किएको छ चीन?

नेपालखबर
असार २२, २०७७ सोमबार ११:२६,

त्यसयता उनी भारतमा बस्दै आएका छन्। हाल भारत र चीनबीच जारी सीमा विवादबीच दलाई लामाको यो ८५ औं जन्मदिनलाई चासोका साथ हेरिएको छ।

गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपपछि चीनले दलाई लामामाथिको आफ्नो नीति फेरि परिवर्तन गर्नेसक्ने अनुमान गरिएको छ।

के भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई सार्वजनिक रुपमा बधाई दिन्छन्? मानिसहरुले यस विषयमा मोदीमाथि पनि आफ्नो नजर राखेका छन्।

हालै तिब्बतका निर्वासित राजतीतिज्ञ डाक्टर लोबसाङ्ग सांगेयले भारतले चीन सामु तिब्बतको मुद्दा उठाउनुपर्ने माग गरेका थिए।

सन् १९५९ मार्च ३१ मा दलाई लामा भारतको शरण लिन आइपुगेका थिए। १७ मार्चमा तिब्बतको राजधानी ल्हासाबाट पैदल हिँडेका लामा हिमाली क्षेत्रको पहाड पार गर्दै १५ दिनपछि भारतीय सीमामा पुगेका थिए।

यात्राका दौरान उनको र उनका सहयोगीको कुनै खबर आएन। उनको मृत्यु भएको आशंका पनि गरिएको थियो। दलाई लामाको साथमा केही सैनिक र केही मन्त्रीहरु आएका थिए।

चिनियाँ सेनाको नजरबाट बच्न उनीहरु रातिमात्र हिँड्थे।

को हुन् दलाई लामा?

दलाई लामा ८५ वर्षका तिब्बती आध्यात्मिक नेता हुन्।

आखिर ८५ वर्षका एक वृद्धसँग चीन किन यति धेरै भड्किएको छ? जुन देशमा दलाई लामा जान्छन् त्यहाँको सरकारसँग चीन किन रुष्ट हुन्छ? आखिर किन यस्तो भएको हो?

वास्तवमा चीनले तिब्बतमा आफ्नो दाबी प्रस्तुत गर्दछ। चीनले दलाई लामालाई अलगाववादी मान्दछ। लामा चीनको लागि समस्या भएको बेइजिङको ठहर छ।

सन् २०१० मा दलाई लामा अमेरिका पुगेका थिए। चीनले विरोध गरेता पनि तत्कालिन राष्ट्रपति बाराक ओबामाले लामालाई भेटेका थिए।

चीन र दलाई लामाको इतिहास नै चीन र तिब्बतको इतिहास हो। सन् १४०९ मा जे सिखांपाले जेलग विद्यालयको स्थापना गरेका थिए र सोही विद्यालयबाट बौद्ध धर्म प्रचार गर्ने गरिन्थ्यो।

विद्यालय भएको स्थान चीन र भारतको बिचमा थियो जसलाई तिब्बत भनिन्थ्यो। यस विद्यालयका सबैभन्दा चर्चित छात्र थिए गेन्दुन द्रुप.गेन्दुन जो पछि दलाई लामा बने।

बौद्ध धर्मका अनुयायीले दलाई लामालाई प्रतिनिधि पात्रको रुपमा हेर्दछन्। दलाई लामालाई करुणको प्रतिकको रुपमा पनि हेरिन्छ।

दोस्रोतर्फ यिनका समर्थकले दलाई लामालाई आफ्नो नेताको रुपमा हेर्छन्। दलाई लामालाई मुख्य रुपमा शिक्षकको रुपमा हेरिन्छ। लामाको मतलब गुरु हुन्छ भने लामाले आफ्ना मानिसलाई सही बाटोमा हिँड्न प्रेरणा दिन्छ।

तिब्बती बौद्ध धर्मका नेताले विश्वभरका सबै बौद्ध धर्मावलम्बीलाई मार्गदर्शन गर्दछन्।

सन् १६३० को एकीकरणको समयदेखि नै बौद्ध धर्मावलम्बी र तिब्बती नेतृत्वबीच विवाद छ। मान्चु, मंगोल र ओइरात गुटबीच तिब्बतमा सत्ताको लागि लडाइँ हुँदै आएको छ।

अन्ततः पाँचौ दलाई लामाले तिब्बत एकीकरण गर्न सफल भए। यसपछि तिब्बत साँस्कृतिक रुपमा सम्पन्न बनेको थियो। तिब्बत एकीकरण भएपछि यहाँ बौद्ध धर्मको समृद्धि भयो। जेलग बौद्ध धर्मावलम्बीले हालका १४ औं दलाई लामालाई पनि मान्यता दिए।

चीन र दलाई लामाबीचको समकालीन सम्बन्ध

दलाई लामाको छनौट प्रक्रियाको विषयमा विवाद छ। १३ औं दलाई लामाले सन् १९१२ मा तिब्बतलाई स्वतन्त्र घोषणा गरेको थियो।

त्यसको ४० वर्षपछि चीनले तिब्बतमाथि आक्रमण गरे। चीनले त्यसबेला आक्रमण गरेको थियो जुनबेला १४ औं दलाई लामा छनौट प्रक्रिया चलिरहेको थियो। उक्त लडाइँमा तिब्बत हार्यो।

केहीवर्षमै तिब्बतका नागरिकले चिनियाँ शासकविरुद्ध विद्रोह गरे। उनीहरुले स्वतन्त्रता र सार्वभौमिकताको माग गरेका थिए। तर विद्रोह सफल हुन सकेन।

दलाई लामाका अनुयायीहरुलाई चीनको चंगुलमा पूर्ण रुपमा परियो भन्ने लाग्यो। त्यसपछि उनीहरु भारत भागे। हालका दलाई लामासँग सन् १९५९ मा धेरै तिब्बती नागरिकहरु पनि भारत आएका थिए।

दलाई लामालाई भारतले शरण दिएको विषय चीनलाई राम्रो लागेन। त्यसबेला माओत्से तुंग चीनका शासक थिए।

दलाई लामा र चीनको कम्युनिस्ट शासनबीच लगातार तनाव बढ्दै गयो। उता दलाई लामालाई भने विश्वभरबाट सहानुभूति प्राप्त भयो। हालसम्म पनि १४ औं दलाई लामा निर्वासित जीवन व्यतित् गरिरहेका छन्।

दलाई लामाको छवि शान्तिको प्रतीक बन्यो

सन् १९८९ मा दलाई लामालाई शान्तिको लागि नोबल पुरस्कार प्रदान गरियो।
दलाई लामा यतिबेला तिब्बतले चीनबाट स्वतन्त्रता नचाहने तर स्वायत्तता चाहने बताउँछन्।

सन् १९५० को दशकमा दलाई लामा र चीनबीच सुरु भएको विवाद अझै अन्त्य भएको छैन। दलाई लामाको विषयमा चीन र भारतबीचको सम्बन्ध बारम्बार खराब हुँदै आएको छ।

तिब्बतको सन्दर्भमा भारतको दृष्टिकोण पनि परिवर्तन हुँदै आएको छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .