स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्ला रियललाई पराजित गर्दै शीर्षस्थानको रियल मड्रिडसँगको अंक दूरी कम गरेको छ।
आइतबार राति भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनासँग ४–१ ले पराजित भयो।
जितसँगै बार्सिलोनाले रियलसँगको अंक दूरी ४ अंकमात्र कम छ। जितसँगै बार्सिलोनाले उपाधि सम्भावनालाई जीवितै राखेको छ।
खेलको सुरुवाती मिनेटमा नै पउ टोरसको उपहार गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। पहिलो हाफको १४औं मिनेटमा गेरार्ड मोरेनोले बराबरी गोल फर्काए।
२०औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाइ खेलमा फर्काएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा एन्टिनो ग्रिजम्यानले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पु¥याए।
खेलको ८६औँ मिनेटमा अन्सु फाटीको गोलमा बार्सिलोनाले फराकिलो जित दर्ता गरेको हो।
गएराति नै भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई तथा लेगानेसले स्प्यानोललाई समान १–० ले पराजित गरेको छ।
अर्को खेलमा ओसाउना र गोटाफेले गोलरहित बराबरी खेले।
Shares
प्रतिक्रिया