खेल


राष्ट्रिय फुटबल टोलीका गोलरक्षक चेम्जोङलाई विदेशी कम्पनीको प्रायोजन

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक चेम्जोङलाई विदेशी कम्पनीको प्रायोजन

नेपालखबर
असार १८, २०७७ बिहिबार ९:१४,

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई विदेशी ग्लोब्स उत्पादन कम्पनी आरजीले प्रायोजन गरेको छ।

किरणलाई साइप्रसको ग्लोब्स उत्पादन कम्पनी आरजीले २ वर्षका लागि प्रायोजन गरेको हो। सम्झौता अनुसार आरजीले किरणलाई वार्षिक २० जोर ग्लोब्स प्रदान गर्नेछ। अरु आर्थिक कुनै सम्झौता भएको छैन।

आफूलाई विदेशी कम्पनीले प्रायोजन गर्नु नै ठूलो कुरा भएको किरणले बताए।

RG goves 2

सम्झौतापछि किरणले अब सबै खेलमा किरणले आरजी कम्पनीको ग्लोब्स प्रयोग गर्नेछन्। उनले जुनसुकै खेलमा अन्य कम्पनीको ग्लोब्स प्रयोग गरे ३ लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्नेछ भने सम्झौता नै रद्द हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad