पाकिस्तानी क्रिकेट टोलीका तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ।
इङ्ल्याण्ड भ्रमणको तयारीमा रहेका तीव्र गतिका बलर हरिस रउफसहित युवा स्पिनर सादब खान र ओपनर ब्याट्सम्यान हैदर अलीलाई कोरोना संक्रमण देखिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।
योसँगै पाकिस्तानमा ५ खेलाडीलाइ कोरोना संक्रमण देखिएको छ।
यसअघि पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको थियो। पूर्व ब्याट्सम्यान तउफिक उमरले भने कोरोनालाइ जितिसकेका छन्।
पाकिस्तान, यो हप्ता ३ टेष्ट र ३ ट्वान्टी २० आई सिरिजको लागि इङ्ल्यान्ड भम्रणमा जाने तयारीमा रहेको छ। दुई देशले अगष्ट र सेप्टेम्बरमा सिरिज खेल्ने तालिका छ। सिरिजका लागि पाकिस्तानले २९ सदस्य टोली घोषणा गरिसकेको छ।
प्रतिक्रिया