ad ad

खेल


विश्वकप छनौट खेलका लागि प्रशिक्षण अर्को महिनादेखि, एन्फाले गर्‍यो यस्ता निर्णय

विश्वकप छनौट खेलका लागि प्रशिक्षण अर्को महिनादेखि, एन्फाले गर्‍यो यस्ता निर्णय

नेपालखबर
असार २, २०७७ मंगलबार १४:४९,

राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोट खेलमा सहभागाी हुन आगामी जुलाइबाट पुनः प्रशिक्षण सुरु गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको बैठकले कोरोना भाइरसको कारण स्थगित प्रशिक्षण जुलाइबाट सुरु गर्ने निर्णय गरेको हो।

प्रशिक्षणका लागि एशियाली फुटबलको निर्देशन अनुरुप राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयबाट स्वीकृती लिएर मात्र सञ्चालन गर्ने र आवश्यक्ता अनुसारका निकायमा चाँडै नै पत्राचार गर्ने निर्णय गरेको छ। साथै राष्ट्रिय टोलीका ७० जना महिला तथा पुरुष खेलाडीको कोरोना बीमा पनि गराउने भएको छ। 

एन्फाले सोमबारको लागि बोलाएको आपतकालिन बैठकमा स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ अनुपस्थित रहेपछि आज आपतकालिन कार्यसमितीको बैठक बोलाएको हो।
बैठकले संघको विधानको घारा २० बमोजिम मानार्थ अध्यक्षमा टासी घलेलाइ पुनः मनोनयन गरेको छ।

निर्वाचको समयमा अध्यक्ष शेर्पा प्यानललाई सघाएका घलेलाई संघले नै यसअघि मानार्थ अध्यक्षबाट बर्खास्त गरेको थियो। घलेले आफूलाई बर्खास्त गरेपछि पाटन उच्च अदालत, राष्ट्रिय खेलकुद परिषद् र सर्वोच्च अदालतमा समेत उजुरी दर्ता गराएका थिए। सर्वोच्चले राखेपलाइ विवाद मिलाउन आदेश दिए पछि उनी पुनः मानार्थ अध्यक्षमा मनोनयन भएका हुन्।

राहत वितरणको सम्बन्धमा फिफाबाट सहमति भए अनुरुप हाललाई अपरेशन कष्ट शिर्षकबाट १ लाख अमेरिकी डलर नबढ्ने गरि राहत वितरण गरि एक महिना भित्र फिफामा आर्थिक प्रतिवेदन पठाउने जनाइएको छ।

एन्फा बैठकले विधानको धारा ५४ अनुसार भक्तपुर जिल्ला फुटबल संघको हालको कार्य समितीलाई प्रतिस्थापन गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ। २०६७ साउन १४ गतेको आपतकालिन बैठकबाट गठित छानबिन समितीले दिएको प्रतिवेदनको आधारमा तदर्थ समिती बनाएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

एन्फाको विधान र नियमावली अनुसार क्लव दर्ता नगरेको, प्रक्रिया पुर्याउनु पर्ने क्लब संख्या समेत नपुर्याइ जिल्ला संघको गतिविधि गरेको विज्ञप्तिमा जनाइएको छ। संघले विधानको धारा १४ को उपधारा १ को (क) र (ट) तथा धारा २१ को उपधारा ३ विपरितको गतिविधि गरेको जनाइएको छ।

कास्की जिल्ला फुटबल संघको अध्यक्षको विषयमा छानविन गर्न बनाइएको समितिमा संघका उपाध्यक्ष विर बहादुर खड्कालाई मनोनयन गरेको छ। यसअघि सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न गठित छानबिन समितीका संयोजक तथा एन्फा सदस्य रत्न कुमार श्रेष्ठले कोरोना महामारी र व्यक्तिगत स्वास्थ्यको कारण दिएको राजीनामा पनि आजैको बैठकले स्वीकृत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .