ad ad

खेल


गण्डकी प्रदेशको बजेटः यस्ता छन् खेलकुदका कार्यक्रम

गण्डकी प्रदेशको बजेटः यस्ता छन् खेलकुदका कार्यक्रम

नेपालखबर
असार १, २०७७ सोमबार १२:३३,

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि युवा तथा खेलकुदतर्फ ८ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै समग्र खेलकुदको विकासका निम्ती खेलकुद क्षेत्रको नीति, सरंचना र पुर्वाधार निमार्णमा जोड दिएको बताए। प्रदेशस्तरीय बहुउदेश्यीय रगंशाला, क्रिकेट रगंशाला, गल्फकोर्ष, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लस्तरीय रगंशाला र एक स्थानीय तह एक खेलकुद मैदान निमार्णका लागि सो बजेट विनियोजन गरेको बताए।

यस्तै, मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए। प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्था पनि मिलाएको जानकारी दिए। नवौं राष्ट्रिय खेलकुद आगामी फागुनमा पोखरामा गर्ने तयारी छ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याएको मन्त्री गुरुङले बताए। मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई पनि निरन्तरता दिएको बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .