ad ad

खेल


वरिष्ठ उपाध्यक्ष नै नआएपछि एन्फाको आपत्कालीन बैठक स्थगित

वरिष्ठ उपाध्यक्ष नै नआएपछि एन्फाको आपत्कालीन बैठक स्थगित

नेपालखबर
असार १, २०७७ सोमबार १२:३२,

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ अनुपस्थित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन बैठक स्थगित भएको छ।

उपाध्यक्ष नेम्वाङ स्वास्थ्यको कारण देखाउँदै उपस्थित नभएपछि सोमबार बोलाइएको बैठक स्थगित भएको हो।

आजको बैठक स्थगित भएपछि मगंलबार दिउँसो २ बजे आपत्कालीन कार्यसमितिको बैठक डाकिएको एन्फाले जनाएको छ।

एन्फाले मानार्थ अध्यक्षमा पुनः टासी घलेलाई ल्याउने, भक्तपुर जिल्ला फुटबल संघ, कोरोना राहतको विषय र अन्य विविध विषयमा छलफल गर्न आपत्कालीन बैठक बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .