नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले पारित गरेकोमा सम्पूर्ण नेपालीहरुलाई बधाई दिएका छन।
शनिबार नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएको थियो।
उक्त विधेयक पारित भएसँगै ती तीनवटै भुमी आधिकारिक रुपमा नेपाली नक्सामा समेटिएका छन। यद्दपी ती भुमीलाई भारतले आफ्नो दाबी गर्दै भारतीय सेना तैनाथ गरेको छ।
विधेयक पारीत भएपछि कप्तान ज्ञानेन्द्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले अनुमोदन गरेको छ। सम्पूर्ण नेपाली हरुलाई हार्दिक बधाई! जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।'


प्रतिक्रिया