ad ad

खेल


सर्वाधिक आम्दानीमा टेनिस स्टार रोजर फेडेररले रोनाल्डो र मेसीलाई पछि पारे

सर्वाधिक आम्दानीमा टेनिस स्टार रोजर फेडेररले रोनाल्डो र मेसीलाई पछि पारे

नेपालखबर
जेठ १८, २०७७ आइतबार ७:०,

फुटबलका चर्चित हस्तीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनी पहिलोपटक शीर्ष स्थानमा आएका हुन्।

३८ वर्षीय फेडेरर ८६ दशमलव २ मिलियन पाउण्ड स्टर्लिङ आम्दानी गर्दै ४ स्थान माथि पुगेका हुन्। विश्व टेनिसका लोकप्रिय खेलाडी फेडेररले २० वटा ग्राण्ड स्लाम जितेका छन्।

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकाका बास्केटबल खेलाडी लिर्बन जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष ५ मा आफूलाई उभ्याएका छन्।

कोरोना भाइरसका कारण फुटबल स्टार मेसी र रोनाल्डोको तलब कटौती भएपछि पहिलोपटक टेनिसका खेलाडीले विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीको स्थान लिन सफल भएको फोर्ब्सका वरिष्ठ सम्पादक कर्ट बाडेनहाउसेनले बताए।

यसअघि जापानी खेलाडी नाओमी ओसाका संसारकै धेरै आम्दानी गर्ने महिला खेलाडी बनेकी थिइन्। २ पटककी ग्रान्डस्लाम विजेता ओसाकाले ३० दशमलव ७ मिलियन डलर आम्दानी गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .