तर यो जटिल विषय भएको उनले जनाएका छन्। नेमारले सन् २०१७ मा चार वर्षको बसाइपछि बार्सा छाडेका थिए। तर यतिबेला पीएसजी छाडेर नेमार बार्सा फर्कन चाहिरहेका छन्।
बार्सा आफैं पनि नेमार ल्याउन चाहन्छ। यद्यपी यसमा केही जटिलता छन्।
जाभीले मार्कासँग भने,‘नेमारको अनुबन्ध अविश्वसनीय हुनेछ।’ ‘तर म यो सहज देख्दिन। साँच्चैभन्दा यो गाह्रो विषय हो।’ जाभीले भने,‘पीएसजीले २२२ मिलियन युरोभन्दा बढी मागिरहेको छ। नेमार विश्व उत्कृष्ट हुन भन्नेमा शंका छैन। तर हेरौं बार्साले के गर्छ।’
एन्टोनी ग्रीजम्यान पनि अर्का खेलाडी हुन् जसको आगमन बार्सामा हुने अपेक्षा गरिएको छ। जाभी भन्छन्,‘म खुशी छु। उनी एथ्लेटिको मड्रिड र फ्रान्स दुवैका लागि महत्वपूर्ण र प्रभावशाली खेलाडी हुन्।’
बार्साले ग्रीजम्यान अनुबन्ध गरे त्यो शानदार हुने जाभीको भनाइ छ।
यद्यपी ग्रीजम्यानसँगको सम्झौता अन्तिम चरणमा पुगेको भन्ने भनाइहरुकाबीच नेमारलाई पनि बार्साले अनुबन्ध गर्छ भन्नेमा जाभी ढुक्क छैनन्।
जाभीका अनुसार एकै सिजन एक क्लबले दुई ठूलो अनुबन्ध गर्न कठिन विषय हो। त्यसैले नेमारको पुनर्आगमन उनको नजरमा जटिल विषय हो।
Shares

प्रतिक्रिया