अहिले देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा धेरै ठूलो वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव बढ्न सक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साथै देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएकाे छ। खासगरी आगामी २४ घन्टा अति सजग रहन महाशाखाका माैसमविद्काे आग्रह छ।
मौसमविद्का अनुसार हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित छ र यो सँगै मध्य र पूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्रका कारण आगामी २-३ दिनसम्म मनसुन अति सक्रिय भैरहने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको आगामी तीन दिनसम्मको मौसम अनुमानः
असार २७ गते (शुक्रबार)
दिउसोः देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहमा अति भारी वर्षासमेत हुनेछ। देशका केही स्थानमा हावाहुरीको सम्भावनासमेत छ।
रातिः देशभर अधिकांश बदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।
असार २८ गते (शनिबार)
दिउँसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना छ।
रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना छ।
असार २९ गते (आइतबार)
दिउसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ।
रातिल् देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ।

प्रतिक्रिया