चारपटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे जारी विश्वकपको अन्तिम १६ (प्रिक्वार्टरफाइनल)मा प्रवेश गरेको छ।
मंगलबार बिहान अमेरिकाको बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो।
पहिलोपटक युरोपियन टोलीलाई नकआउट चरणमा हराएर पाराग्वेले इतिहास रचेको छ।
उता चारपटकको विश्वविजेता जर्मनीको यात्रा भने जारी विश्वकपको सुरुवाती ३२ बाटै टुंगिएको छ।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन्।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।
जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय गरिएको यो पहिलो खेल हो।
पेनाल्टीसुटआउटमा पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले १-१ गोल गरे।
जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले १-१ गोल गरे।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई प्रहार रोक्दा ३-३ को बराबरी भएको थियो।
जर्मनीमा जोनाथन ताह छैटौं पेनाल्टीमा चुकेपछि पाराग्वेका लागि जोसे क्यानाले निर्णायक गोल गरेका हुन्।
सन् २००२ मा जापानमा कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदलासमेत लिएको छ।
खेलमा पाराग्वेका जितमा गोलरक्षक ओरलान्डो गिल नायक बने। उनले जर्मनीका दुई प्रहार रोके। जर्मन गोलरक्षक म्यानुएल नोयाले पनि दुई बचाउ गरे।
खेलमा पाराग्वेले ४२ औं मिनेटमा जुलियो एनसिसोको गोलले अग्रता लिएको थियो। तर यो लामो समय टिकेन। ५४ औँ मिनेटमा जर्मनीका लागि काइ हार्भटेजले बराबरी गोल फर्काए।
ताहले अतिरिक्त समयमा जर्मनीका लागि गोल गरे पनि त्यसले मान्यता नपाउँदा खेल पेनान्टी सुटआउटमा गयो।
हेर्नुहोस् थप तस्बिर






















Shares

प्रतिक्रिया