खेल


५ पटकको विश्व च्याम्पियन ब्राजिलको कठिन जित (तस्बिरहरू)

५ पटकको विश्व च्याम्पियन ब्राजिलको कठिन जित (तस्बिरहरू)

नेपालखबर
असार १६, २०८३ मंगलबार ८:१५, काठमाडौँ

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल कठिन जितसहित फिफा विश्वकप-२०२६ को अन्तिम १६ (प्रिक्वार्टरफाइनल) मा प्रवेश गरेको छ। 

इन्जुरी समयमा गाब्रीएल मार्टेीनेलीले गरेको निर्णायक गोलको मद्दतमा एसियाली ‘पावरहाउस’ मानिने जाापनलाई २-१ ले पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो।

मार्टिनेली वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरेका थिए।

गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलको दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा मार्टिनेलीले निर्णायक गोल गरेका हुन्।

काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै ब्राजिलले दोस्रो हाफमा १ गोल गर्‍यो।

ब्राजिलका लागि मिडफिल्डर कासेमिरोले खेलको ५६ औँ मिनेटमा हेड मार्फत बराबरी गोल फर्काए। 

दोस्रो हाफको सुरुवातदेखि नै ब्राजिल जापानमाथि हावी भएको थियो। तर, ब्राजिलको प्रहारलाई जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट बचाउ गरे। 

९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट दोस्रो गोल हुन नसकिरहेको अवस्थामा ब्राजिलका लागि इन्जुरीसमयमा मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन्। 

ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग अन्तिम ८ का लागि प्रतिस्पर्धा गर्ने छ। 

विश्वकपमा ब्राजिल र जापानको यो दोस्रो भेट हो। 

यसअघि यी दुवै देशले सन् २००६ मा जर्मनीमा भएको विश्वकपको समूह चरणमा खेलेका थिए। यो नै विश्वकपमा उनीहरुको पहिलो भेट थियो। 

हेर्नुहोस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad