अर्जेन्टिनाले विश्वकप-२०२६ को आफ्नो पहिलो खेलको पहिलो हाफमा अल्जेरियाविरुद्ध १ गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका हुन्। त्यसपछि ४५ मिनेटको खेल सकिँदा कुनै पनि टोलीबाट दास्रो गोल हुन सकेन।
अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको छ। छैटौँ विश्वकप खेलिरहेका मेसीको यो १४ औँ गोल हो।
अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो। विश्वकपको समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी मुलुक अल्जेरिया आमनेसामने भएका हुन्।
27
Shares

प्रतिक्रिया