खेल


विश्वकप: टर्कीविरुद्ध अस्ट्रेलियाको जित

विश्वकप: टर्कीविरुद्ध अस्ट्रेलियाको जित

नेपालखबर
जेठ ३१, २०८३ आइतबार ११:५१, काठमाडौँ

विश्वकप समूह 'डी' को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले हराएको छ।

क्यानडाको भ्यानकुभरमा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई शून्यका विरुद्ध २ गोलले जितेको हो। 

२७औँ मिनेटमा इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

७५औँ मिनेटमा कोनर मेटकाल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको हो। 

यो जितसँगै अस्ट्रेलियाले ३ अंक जोडेर विश्वकप सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा स्थान बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad