काठमाडौँमा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले उचालेको छ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा काजकस्तानलाई ३–१ को सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो। इरानले कजाकस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले हराएको हो।
इरानले सेमिफाइनलमा घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो। कजास्तानले भने भारतलाई हराएको थियो।
आजै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको छ। नेपाल भारतसँग २२–२५, २३–२५, २५–१५ र २२–२५ ले पराजित भयो।
भारतसँग पराजित भएपछि नेपाल पहिलो पटक घरेलु मैदानमा पदकविहीन बनेको हो।
426
Shares

प्रतिक्रिया