खेल


आईपीएलको पहिलो क्वालिफायरमा बैंग्लुर र गुजरात भिड्दै

आईपीएलको पहिलो क्वालिफायरमा बैंग्लुर र गुजरात भिड्दै

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १६:५३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा आज मंगलबार रोयल च्यालेन्जर्स बैग्लुर र गुजरात टाइटन्स भिड्दैछन्। 

धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। 

आरसीबी अंक तालिकाको शीर्ष र गुजरात दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका हुन्। यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछ। 

जारी सिजन दुवै टोली उच्च लयमा छन्। त्यसैले पहिलो क्वालिफायर रोमाञ्चक हुने अपेक्षा गरिएको छ। एकअर्काविरुद्ध मैदान उत्रदा दुवै टोली फाइनल पुग्ने लक्ष्यमा छन्। 

सन्तुलित टोली र आत्मविश्वास र विराट कोहलीको सानदार प्रदर्शनको कारण यो पटक पनि उनका समर्थक आरसीबीले उपाधि जित्नेमा विश्वस्त छन्। 

यता गुजरात पनि पछिल्लो समय आक्रामक प्रर्दशन गर्दै आइरहेको छ। शुभमन गील, जस बटलर र रासिद खानको सानदार प्रदर्शनमा टोली सिधै फाइनलमा पुग्न आतुर छ। 

समान १४ खेलबाट ९ खेलमा जित र ५ हार भोगेका आरसीबी र गुजरातको समान १८ अंक छ। तर नेट रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा छ।

समान १८ अंक भएपनि नेट रनरेटमा पछि पर्दै सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ। १६ अंक भएको राजस्थान रोयल्स चौथो स्थानमा छ।

यी दुई टोलीले एलिमिनेटर खेल खेल्नेछन्। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली बाहिरिने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad