खेल


अमेरिकाविरुद्ध दोस्रो जितको खोजीमा नेपाल (प्रिभ्यु)

अमेरिकाविरुद्ध दोस्रो जितको खोजीमा नेपाल (प्रिभ्यु)

लक्ष्मी जि.सी
जेठ ८, २०८३ शुक्रबार ५:५४, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा अन्तिम त्रिकोणात्मक सिरिज खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) अमेरिकाविरुद्ध खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। घरेलु मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपाल सुखद नतिजाको योजनामा छ। पहिलो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाली टोली सोही नतिजालाई दोहोर्‍याउने रणनीतिमा छ। 

अमेरिकी टोली पनि नेपाललाई घरेलु मैदानमा नै हराउँदै अंक तालिकाको शीर्ष स्थानमा अंक दूरी बढाउन चाहन्छ। जारी सिरिजमा अमेरिकाले २ अंक मात्र जोडेको छ। स्कटल्यान्डले ४ अंक बटुल्दै जारी सिरिज सकाएको छ। 

नेपालले जारी सिरिजमा ४ अंक जोडिसकेको छ। त्यसैले नेपालको नजर थप २ अंकमा छ। नेपाल जारी सिरिजमा पनि ६ अंक जोड्न चाहन्छ। यसअघि भएको युएई र ओमान सम्मिलित 

त्रिकोणात्मक सिरिजमा नेपालले ६ अंक बटुलेको थियो। यो पटक पनि नेपालको रणनीति ६ अंक जोड्ने नै रहेको छ। 

अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले १ सय ९५ रनमा नै समेटेको थियो। यो पटक पनि टोली उस्तै प्रदर्शन गर्ने योजनामा छ। 

अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा कुनै परिवर्तन हुने सम्भावना छैन। किन कि मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्धको खेलमा जित निकालेको टोलीलाई नै स्कटल्यान्डविरुद्ध निरन्तरता दिएका थिए। 

सो खेलमा नेपालले ६ विकेटले जित हात पारेको थियो। त्यसैले प्रशिक्षकले सोही टोलीलाई नै अमेरिकाविरुद्ध मैदान उतार्ने सम्भावना छ। 

सिरिजको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो। 

अमेरिकासँगको पहिलो खेलमा भने नेपालले ९ विकेटको जित हात पारेको थियो। 

यस्तो छ अंक तालिका
जारी सिरिजमा ४ अंक जोडेको नेपाल पाचौँ स्थानमा उक्लेको छ। घरेलु मैदानमा भएको सिरिरजबाट नेपालले अहिलेसम्म १० अंक बटुलीसकेको छ। १० अंक जोड्दा नेपालले दुई स्थान सुधार गर्दै पाचौँ स्थानमा पुगेको हो।

नेपालको लक्ष्य शीर्ष चारमा रहेर ओडीआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनु हो। त्यसैले नेपाललाई अबका बाँकी सिरिज महत्त्वपूर्ण छ। 

नेपालले लिग–२ का २७ खेल खेल्दा १० खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँड्दै २२ अंक बनाएको छ। 

नेपालभन्दा पछि रहेको नामिबियाको समान २२ अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल पाँचौँ स्थानमा उक्लेको हो। नामिबिया छैटौँ स्थानमा छ। २४ खेलबाट २१ अंक भएको क्यानडा छैटौँ र समान खेलबाट १४ अंक भएको यूएई तालिकाको पुछारमा छ। 

चौथो स्थानको नेदरल्यान्डको २४ खेलबाट २८ अंक छ। २८ खेलबाट ३१ अंक बनाएको ओमान तेस्रो स्थानमा छ। समान ३८ अंक भएको अमेरिका शीर्ष र स्कटल्यान्ड दोस्रो स्थानमा छ। 

नेपाली टोली
कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, विनोद भण्डारी, अर्जुन कु्माल र भीम सार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad