ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
शनिबार अमेरिकाविरुद्ध कुशलले ४५ बलमा ७ चौका र २ छक्कमा सहयोगमा अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा कुशलको यो दशौँ अर्धशतक हो।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको समाप्तीमा विना विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ। कुशल ५२ र आशिफ शेख ३३ रनमा अविजित छन्।
39
Shares

प्रतिक्रिया