घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ।
नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो।
संघको वार्षिक कार्यक्रम अनुसार आगामी जेठ ८ देखि १५ गतेसम्म च्याम्पियनसिप आयोजना हुँदै छ। नेपालमा अत्यन्त लोकप्रिय भएको कारण पटक-पटक सेन्ट्रल एसियाका प्रतियोगिताहरु आयोजना गर्ने क्रममा यो वर्ष प्रतियोगिता आयोजना हुनलागेको हो।
प्रतियोगितामा सेन्ट्रल एसियाका इरान, किर्गिस्तान, भारत, श्रीलंका, बङ्गलादेश, मालदिभ्स, कजाकिस्तान र आयोजक नेपाल गरी ८ राष्ट्रको सहभागिता हुनेछ।
यो प्रतियोगिता फिभ्ब वर्ल्ड र्यांकिङ समेत भएकाले नेपालले उत्कृष्ट नतिजा ल्याउन सकेको खण्डमा राष्ट्रिय महिला भलिबल टिमको वरीयता धेरै माथि जाने बताइएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्सले गर्नेछ। प्रतियोगिताको लगभग सम्पूर्ण तयारीहरु पूरा भइसकेको आयोजकले जनाएको छ।
यसको लागत २ करोड ५० लाख लाग्ने अनुमान छ भने सरकारले समेत एक करोड र काठमाडौं महानगरपालिकाले ३० लाख बजेट व्यवस्थापन गरेका छन्।




Shares

प्रतिक्रिया