खेल


वरियतामा दीपेन्द्र र सन्दीपको छलाङ

वरियतामा दीपेन्द्र र सन्दीपको छलाङ

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १८:२३, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी एक दिवसीय वरियताको अलराउन्डरमा १२ स्थान माथि उक्लिएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी ओडीआई वरियतामा १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा पुगेका हुन्। उनले १४८ रेटिङ पाएका छन्। 

राष्ट्रिय टोलीकै सन्दीप लामिछाने सात स्थान सुधार गर्दै ७१औँ स्थानमा पुगेका छन्। करण केसी १० र ललित राजवंशी तीन स्थान तल झरेका छन्। करण ८१औँ र ललित ८५औँ स्थानमा छन्। 

सोमपाल कामी भने एक सयौँ स्थानमा यथावत छन्। ओडीआईको अलराउन्डर वरियतामा अफगानिस्तानका अज्मतुल्लाह ओमारजाइ शीर्ष र जिम्बाबेका शिकन्दर राजा दोस्रो स्थानमा यथावत छन्। 

एक दिवसीय वरियताको बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले १५ स्थान सुधार गरेका छन्। १५ स्थान सुधार गरेका सन्दीप ४३औँ स्थानमा उक्लेका छन्। ललित राजवंशी भने चार स्थान तल झर्दै ६५औँ स्थानमा छन्। 

बलिङतर्फ दीपेन्द्रसिंह ऐरी भने ८३औँ स्थानमा यथावत छन्। करण केसी पाँच स्थान तल झर्दै वरियताको ९०औँ स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad