ad ad

खेल


१३औँ सागका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकले पाए पुरस्कार रकम

१३औँ सागका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकले पाए पुरस्कार रकम

नेपालखबर
जेठ ५, २०७७ सोमबार ७:८,

युवा तथा खेलकुद मन्त्रालयले घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलका ६८ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पुरस्कार रकम उपलब्ध गराएको छ।

१ सय १२ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकमध्ये खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ अनुसार राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको विवरणअनुसार पुरस्कार रकम उपलब्ध गराएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता मान बहादुर बीकेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

६८ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई १ करोड ८६ लाख रुपैयाँ सम्बन्धित बैक खातामा जम्मा गरिसकेको मन्त्रालयले जनाएको हो।

बाँकी रहेका प्रशिक्षक तथा सहायक प्रशिक्षक तथा खेल संघलाई कार्यविधिअनुसार कुनै पेश्की नरहेको व्यहोरा राखेपबाट आएपछि रकम उपलब्त्र गराउने मन्त्रालयले जनाएको छ।

सागमा स्वर्ण दिलाउने मुख्य प्रशिक्षकलाई स्वर्ण ५ लाख, रजत जित्नेलाई ३ लाख र कास्यलाई २ लाख प्राप्त गर्नेछन्। सहायक प्रशिक्षको हकमा स्वर्णलाई ३, रजतलाई २ र कास्यलाई १ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो। यस्तै संघतर्फ स्वर्ण जित्ने संघलाई ९, रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख रुपैयाँ प्रदान गर्ने जनाएको थियो।

यता विभिन्न खेलका प्रशिक्षकहरुले भने सम्मानस्वरुप सरकारले घोषणा गरेको पुरस्कार रकममा विभिन्न नियमावलीलाई देखाउँदै आफूहरुको अपमान गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्दै आएका छन्।

मन्त्रालयले यसअघि प्रतियोगिता सकिएको लामो समयपछि गत बैशाख २ गते खेलाडीहरुलाई पुरस्कार रकम दिएको थियो। मन्त्रालयले सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई १९ करोड ५३ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .