जर्मन बुन्डेसलिगामा आइतबार राति २ खेल हुँदैछन्। कोरोना भाइरसको महामारीको कारण अवरुद्ध सिजनका खेलहरु शनिबार रातिदेखि सुरु भएको हो।
बन्द रगंशालाभित्र सुरु खेलको दोस्रो दिन आइतबार शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुनेछ।
उपाधि होडमा रहेको बार्यन र रेलिगेसनको खतरामा रहेको मेन्ज दुवैका लािग आजको खेल महत्वपुर्ण छ। २५ खेलबाट ५५ अंकमा शीर्ष स्थानमा रहेको बायर्नलाई उपाधि होड कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ। बर्लिनको २५ खेलबाट ३० अंक जोड्दै अंक तालिकाको १२औं स्थानमा छ।
आजै हुने पहिलो खेलमा रेलिगेसन जोनबाट उम्किने दाउमा रहेको मेन्जले कोलोनसँग प्रतिस्पर्धा गर्दै छ। मेन्ज जारी सिजनको अंकतालिकाको १५औं स्थानमा छ। २५ खेलबाट २६ अंक जोडेको मेन्ज रेलिगेसन जोनभन्दा ३ स्थान मात्र माथि छ। अंक तालिकामा ३२ अंक जोडेको कोलोन शीर्ष दशमा स्थान बनाएको छ।
गएराति भएको खेलमा दोश्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डले साल्केमाथि ४–० का शानदार जित निकालेपछि शीर्ष स्थानको बार्यनको उपाधि होड कठिन देखिएको छ। गएराति नै बोरुसिया मोन्चनेग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ ले सहज जित हात पारेको छ।
यस्तै अग्सवर्गलाई वल्सवर्गले २–१ ले हर्था बर्लिनले होफेनहाइनलाई ३–० ले पराजित गर्दा आरबी लाइसप्जग र फ्रेइवर्गले १–१ को बराबरी गर्दा डुसेलडर्फ र पाडेरवर्नले गोलरहित बराबरी खेले।
Shares

प्रतिक्रिया