समाज


कोरोना संक्रमितले भरिए अस्पताल

कोरोना संक्रमितले भरिए अस्पताल

नेपालखबर
जेठ ४, २०७७ आइतबार ८:५२,

रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन्। प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए।

कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्यया रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ। आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्ययाको आवश्यकता देखिएको छ।

अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन्। तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन्। चार वर्षदेखि ५० वर्षसम्मका कोरोना संक्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए। सबै बिरामी पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन्। सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताए। संक्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन्।

अस्पतालको आइसोलेसन श्यया भरिएपछि आपतकालीन अवस्थामा आएका थप संक्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad