कप्तान विनोद भण्डारीको विष्फोटक ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशसामु जितका लागि ३६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा कोसी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल तयार पारेको हो।
आर्मीका लागि ओपनर तथा कप्तान विनोदले सर्वाधिक १८९ रनको योगदान दिए। उनले १५० बलमा २१ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै, भीम सार्कीले ८० रन थपे। उनले ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। जितेन्द्र ठाकुरले २५ बलमा २ चौका र २ छक्का सहयोगमा ३१ रन बनाए।
तृतराज दासले ३३ रन बनाए। कुशल मल्ल र बसिर अहमद समान पाँच रनमा पेभेलियन फर्के। नरेन साउद नौ र अर्जुन साउद चार रन बनाउँदा रनआउट हुन पुगे।
कोसीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया