खेल


गण्डकीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

गण्डकीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

नेपालखबर
चैत १९, २०८२ बिहिबार १७:३५, काठमाडौँ

गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई २ विकेटले हराउँदै दोस्रो स्थानमा पुगेको हो। चार खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिम ८ अंकमा दोस्रो स्थानमा छ। एक खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँडेको गण्डकी ३ अंकमा पुछारबाट दोस्रो स्थानमा छ। 

गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९.२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। सुदूरपश्चिमका लागि ओपनर अविशेक पलले सर्वाधिक ६६ रनको योगदान दिए। नारायण जोशी ४५ रनमा अविजित रहे। दिपक बोहोरा ३५ र मिलन बोहोरा १५ रनमा पेभेलियन फर्के।

गण्डकीका लागि विपिन खत्रीले ५ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। उनले १० ओभरमा एक मेडन राख्दै ३६ रन खर्चे। कृष्ण पौडेल, सुवास भण्डारी र विश्व कार्कीले समान एक विकेट लिए। 

त्यसअघि विरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकी ४९ ओभरमा १९० रन बनाउँदा अलआउट भयो।

गण्डकीका अर्जुन कुमाल ४४ रनमा आउट भए। कप्तान विपिन खत्री ३०, सुवास भण्डारी २४, दिपक डुम्रे २२ र कृष्ण पौडेलले १५ रन थपे। 

गण्डकीलाई कम स्कोरमा रोक्न शेर मल्लले पाँच विकेट लिए। हेमन्त धामी र अशोक धामीले समान २ विकेट लिए। मिलन बोहोराको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad