खेल


एन्फाको प्रस्टीकरण- राखेपबाट लिखित स्वीकृति प्राप्त भएन

एन्फाको प्रस्टीकरण- राखेपबाट लिखित स्वीकृति प्राप्त भएन

नेपालखबर
चैत ९, २०८२ सोमबार १२:२९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङसँगको मैत्रीपूर्ण खेलका लागि कुनै आधिकारिक र लिखित स्वीकृति प्राप्त नभएको जनाएको छ।

एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गलत नियत राख्ने कर्मचारीलाई कारबाही गर्न आग्रह गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) जस्तो निकायले एन्फामाथि दोषारोपण गर्नुको सट्टा आफ्नो प्रशासन चुस्त दुरुस्त राखी गलत नियत राख्ने कर्मचारीमथि आवश्यक आवश्यक कारबाही गर्न आग्रह गरेको हो। 

एन्फाले मैत्रीपूर्ण खेल स्थगित भएको सूचना जारी गरेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भनेर प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसलाई लिएर एन्फाले आश्चर्यचकित रहेको जनाएको छ। 

राखेपसँग खेलका लागि स्वीकृति पाउनका लागि एन्फाका पदाधिकारी र कर्मचारीहरू पटक पटक राखेपका सम्बन्धित अधिकारीसँग ताकेता गर्दा पनि लामो समयसम्म कुनै लिखित जवाफ नपाएको विज्ञप्तिमा उल्लेख छ। 

अन्तर्राष्ट्रिय खेलका लागि सिमित समय बाँकी रहेको र राखेपबाट समयमा नै आधिकारिक लिखित स्वीकृति नपाएपछि एन्फा सचिवालयले हङकङ फुटबल संघलाई जानकारी गराइ हालका लागि खेल स्थगित गरेको जनाएको छ। एन्फाले सोमबार पाँच बुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad