राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले अखिल नेपाल फुटबल संघ -एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।
बिहीबार एन्फालाई सम्बोधन गरी लेखिएको पत्रमा संघको साधारणसभा तथा निर्वाचनको सम्बन्धमा परिषद्को च.नं. ५६५ मिति ०८२ फागुन २५ को पत्रबाट उक्त साधारणसभा र निर्वाचनबारे परिषद्सँग कुनै प्रकारको समन्वय नगरी पुनः निर्वाचनसम्बन्धी तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको भन्दै निर्वाचन स्थगित गर्न भनिएको छ।
‘संघको हुने भनिएको साधारणसभा र निर्वाचनबारे सबै कार्य राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को गअनुसार परिषदको स्वीकृति नभएसम्म स्थगित गर्न राष्ट्रिय खेलुक विकास ऐन २०७७ को दफा २८ को ङबमोजिम निर्देशन गरिएकोमा सो निर्देशनविपरीत अटेर र बेवास्ता गरी पुनः निर्वाचनसम्बन्धी थप तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएकोले गम्भीर ध्यानाकर्षण भएको जानकारी गराइन्छ’, पत्रमा भनिएको छ।

Shares

प्रतिक्रिया