खेल


एन्फा अगाडि क्लबहरूको धर्ना

एन्फा अगाडि क्लबहरूको धर्ना

नेपालखबर
चैत २, २०८२ सोमबार १५:१७, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजनका क्लबहरूबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै क्लबहरू विरोधमा उत्रिएका छन्। 

सोमबार ‘ए’ डिभिजन क्लबहरूले पत्रकार सम्मेलन गर्दै एन्फाले गरेको कार्यतालिकासहितको सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन्। क्लबहरूले पत्रकार सम्मेलनपछि एन्फा परिसरमा विरोध प्रदर्शन गरेका छन्। तर एन्फाले प्रहरी लगाएपछि क्लबका प्रतिनिधिले गेट बाहिर नै धर्ना दिएका थिए। 

क्लबहरूको प्रतिनिधित्व गर्दै हिमालयन शेर्पाका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा चलाउनेहरू असक्षम रहेको र निर्णय सम्झौता गर्ने तथा कार्यान्वयन नगर्नेे, एकलौटी ढंगले निर्णय गर्ने प्रवृतिले सरोकारवाला आजित भएको बताए।

क्लबहरूले एन्फासँग कात्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति पालना गर्नुपर्ने, राष्ट्रिय लिग जारी रहँदा एउटा क्लबको खेलाडी अर्को क्लबमा सम्झौता गर्नका लागि ट्रान्सफर विन्डो खुल्ला गर्नुपर्ने, ‘ए’ डिभिजन लिगको बैधताको तथा कानुनी अड्चन आउन नदिन १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने, फागुन २६ गते क्लबहरूले बुझाएको ध्यानाकर्षणपत्र विपरीत एकलौटी तबरले सहभागी क्लबहरूसँग छलफल नै नगरि मनोमानि तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा त्यो निर्णय अबिलम्ब सच्चाउनुपर्ने माग गरेका छन्। 

राष्ट्रिय लिग सकिएको ३० दिनपछि ‘ए’ डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरि लिगबारे निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा छलफलविना राष्ट्रिय लिग चलिरहेको अवस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाएका छन्। उनीहरूले सम्झौता बमोजिम कार्य तालिका प्रकाशित गर्न एन्फालाई दबाब दिएका छन्। 

लिगका लागि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरि क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नु माग एन्फा समक्ष राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad