खेल


तालाबन्दीप्रति एन्फाको ध्यानाकर्षण, तीन बुँदे मागपत्रमा तीनै बुँदे स्पष्टीकरण

तालाबन्दीप्रति एन्फाको ध्यानाकर्षण, तीन बुँदे मागपत्रमा तीनै बुँदे स्पष्टीकरण

नेपालखबर
फागुन २५, २०८२ सोमबार १५:४७, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही फागुन २४ गते नेपाल फुटबल खेलाडी संघले लगाएको तालाबन्दीप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सार्वजनिक बिदाको दिनमा कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको भन्दै एन्फाले खेद व्यक्त गरेको छ। 

सोमबार विज्ञप्ति प्रकाशित गरी ‘आफ्नै मातृ संस्थासँग वार्ताको ढोका खुला रहँदा रहँदै गरिएको यस प्रकारको निषेधात्मक कार्यप्रति’ एन्फाले खेद प्रकट गरेको हो।

खेलाडी संघको तालाबन्दी सहितको तीनबुँदे माग सम्बन्धमा एन्फाले आफ्नो धारणा स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ
१) ए डिभिजन लिग सञ्चालन सम्बन्धमा– शहीद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा, सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भइ राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ‘ए’ डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रूपमा प्रतिबद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ। तसर्थ खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीकोबीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ। 

२) खेलाडी कल्याण कोष सम्बन्धमा– अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बापतको केहि रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध छ ।

३) खेलाडीको पुरस्कार लगायत तलब भत्ता सम्बन्धमा– वर्तमान कार्यसमितिद्वारा घोषित पुरस्कार पूर्ण रुपमा भुक्तानी गरिसकिएको छ। अघिल्लो विभिन्न कार्यसमितिले निर्णय गरि बाँकी रहेका पुरस्कार रकमको सन्दर्भमा आन्तरिक स्रोतबाट भुक्तानी गर्नुपर्ने हुदाँ क्रमिक रुपमा आन्तरिक स्रोतको उपलब्धतासँगै भुक्तानी गर्दैजाने संघ प्रतिवद्धता व्यक्त गर्दछ। अन्य तलब भत्ताको सम्बन्धमा नियमानुसार भुक्तानी भइरहेको र भविष्यमा पनि नियमानुसार नै हुने व्योहोरा स्पष्ट पार्न चाहन्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad