बंगलादेशलाई पराजित गर्दै भारतीय ‘ए’ टोलीले महिला एसिया कप राइजिङ स्टार्स २०२६ को उपाधि उचालेको छ।
आइतबार भएको फाइनलमा भारतले बंगलादेशलाई ४६ रनले हराउँदै उपाधि जितेको हो।
भारतले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेश ५ बल अगावै ८८ रनमा अलआउट भयो।
सामिमा सुल्तानाले बनाएको २० रन नै बंगलादेशका लागि सर्वाधिक रह्यो। सर्मिन सुल्तानाले १८ रन थपिन्। कप्तान फहिमा खातुनले १४ र सदिया अख्तरले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
भारतीय ‘ए’ टोलीका लागि प्रेमा रावतले ३ विकेट लिईन्। सानिया मेन्धीया, तनुजा कन्वरले समान २ विकेट लिए। साइमा ठाकुर, मिन्नु मनि र राधा यादवले समान एक विकेट आफ्नो नाममा गरे।
थाइल्यान्डको बैककस्थित टे«डथाइ क्रिकेट मैदानमा भारतिय महिला ए टोलीले टस जितेर ब्याटिङ गरेको भारतिय ए टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको थियो।
भारतीय टोलीका लागि तेजल हसाब्नीस ५१ रनमा नटआउट रहिन्। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरिन्। कप्तन राधा यादवले ३६ रन थपिन्। उनले ३० बलमा ३ चौका र १ छक्का हानिन्। दिनेश भृन्दाले १९ रन बनाईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
बंगलादेशका लागि फहिमा खातुनले सर्वाधिक ४ विकेट लिइन्। फरजना एस्मीन, फतिमा जहानले समान एक विकेट आफ्नो नाममा गरे। भारत नेपाल रहेको समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। बंगलादेश समूह ‘बी’को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो।
नेपाल समूह चरणका तीनै खेलमा हार भोग्दै पुछारमा रहेर बाहिरिएको थियो।
Shares

प्रतिक्रिया