खेल


आईसीसी मेन्स टी२० आई ब्याटिङ रेटिङमा दीपेन्द्रको ११ स्थान सुधार, अलराउन्डरमा पनि चौथो स्थानमा उक्लिए

आईसीसी मेन्स टी२० आई ब्याटिङ रेटिङमा दीपेन्द्रको ११ स्थान सुधार, अलराउन्डरमा पनि चौथो स्थानमा उक्लिए

नेपालखबर
फागुन ६, २०८२ बुधबार १४:४१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले आईसीसी पुरुष टी२० अन्तर्राष्ट्रिय ब्याटिङ रेटिङमा ११ स्थान सुधार गरेका छन्। 

बुधबार आईसीसीले सार्वजनिक गरेको ब्याटिङ रेटिङमा उनले ५०३ रेटिङसहित ६०औँ स्थान पाएका छन्। उनको करिअर बेस्ट रेटिङ ५१७ छ। जुन अमेरिकाविरुद्ध डलास २०२४ मा उनले पाएका थिए।  

त्यसैगरी रोहित पौडेलको भने ८ स्थान खस्किएको छ। उनी ४५७ रेटिङसहित ८३औँ नम्बरमा छन्। उनको करिअर बेस्ट रेटिङ हङकङविरुद्ध २०२४ मा ५१८ रहेको छ। 

यता कुशल भुर्तेलको पनि ८ स्थान खस्किएको छ। योसँगै उनी ४५२ रेटिङसहित ८५औँ नम्बरमा छन्। उनको करिअर बेस्ट रेटिङ ५९० छ। जुन उनले २०२२ मा कीर्तिपुरमा पीएनजीविरुद्ध पाएका थिए। त्यसैगरी आसिफ शेखले भने ४४१ रेटिङ पाएका छन्। उनको ३ स्थान खस्किएको छ। उनको करिअर बेस्ट रेटिङ ४५२ छ। जुन उनले हङकङ २०२५ मा कुवेतविरुद्ध पाएका थिए।  

ब्याटिङमा पहिलो स्थानमा भारतका अभिषेक शर्मा छन्। उनले ८९१ रेटिङ पाएका छन्। 

अलराउन्डरमा चौथो दीपेन्द्र
यसैबीच, मेन्स टी२० आई अल–राउन्डर र्‍यांकिङमा दीपेन्द्र चौथो स्थानमा छन्। उनले २ स्थान सुधार गर्दै २४४ रेटिङ पाएका छन्। उनको करिअर बेस्ट रेटिङ मुम्बईमा स्कटल्यान्डविरुद्ध २०२५ मा पाएको २४४ नै हो।  भारत र श्रीलंकामा जारी विश्वकपमा स्कटल्यान्डविरुद्ध ५० रन हानेका थिए। 

त्यसैगरी कुशल भुर्तेलले पनि १ स्थान सुधारसहित २२औँ स्थान पाएका छन्। उनले १४६ रेटिङ पाएका छन्। जुन मुम्बईमा स्कटल्यान्डविरुद्धको करिअरकै बेस्ट रेटिङ हो।

त्यसैगरी रोहित पौडेल ४०औँ स्थानमा पुगेका छन्। ९३ रेटिङसहित उनले २ स्थान सुधार गरेका हुन्।

गुल्सन झाको भने १५ स्थान खस्किएको छ। उनी ६५ रेटिङसहित ७२औँ स्थानमा झरेका छन्। 

अलराउन्डरतर्फ पहिलो नम्बरमा भने पाकिस्तानका साइम अयुब छन्। उनले ३०३ रेटिङ पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad